रौतहटमा बढ्दो सवारी दुर्घटना : ६ महिनामा २६ जनाको मृत्यु - DoroNepal

Breaking

Wednesday, January 30, 2019

रौतहटमा बढ्दो सवारी दुर्घटना : ६ महिनामा २६ जनाको मृत्यु

रौतहट । रौतहटमा पछिलो केही महिनादेखि सवारी दुर्घटनाको संख्या बढ्दो रहेको छ । यस आर्थिक वर्षको ६ महिनाभित्र जिल्लामा भएको  सवारी दुर्घटनामा परेर २६ जनाको मृत्यु भएको छ । 
यस बर्षको तथ्यांकअनुसार रौतहटमा गत आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
गत साउनदेखि गौर–चन्द्रपुर सडकखण्ड, महेन्द्रराजमार्ग र जिल्लाको विभिन्न स्थानमा भएको कुल ७० वटा सवारी दुर्घटनामा २६ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बिजय श्रेष्ठले बताए ।
उक्त दुर्घटनाहरुमा परी ९६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले बताए  । 
प्रमुख श्रेष्ठले  दिएको जानकारी अनुसार गत वर्षभरीमा यस जिल्लामा कुल  ८४ वटा सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर ४३ जनाको मृत्यु भएको थियो भन्ने ९६ जना घाइते भएका थिए । 
गत आर्थिक बर्षभरीमा जिल्लामा मात्र ८४ सवारी दुर्घटना र यस आर्थिक बर्षको ६ महिनामा मात्र ७० वटा सवारी दुर्घटना हुनुले दुर्घटनाको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।
तिव्र गतिमा गाडी चलाउनु, हेल्मेटको प्रयोग नगर्नु, मोटरसाईकलमा तीन जनाभन्दा बढी सवार हुनु, ठुलो आवाजमा हर्न बजाएर गाडी चलाउनु, ट्राफिक नियमको बारेमा जानकारी नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, बिग्रेका सवारीसाधन बाटोमै छोडेर जानु जस्ता कारणले सवारी दुर्घटना मा वृद्वि हुँदै गएको ट्राफिक कार्यालय प्रमुख श्रेष्ठले जानकारी गराए  । 

No comments:

Post a Comment